सुदूरपश्चिमका मुख्यमन्त्रीले माघ २५ मा विश्वासको मत लिने

काठमाडाैं | माघ २३, २०७९

सुदूरपश्चिमका मुख्यमन्त्रीले माघ २५ मा विश्वासको मत लिने

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने भएका छन्। 

 

मुख्यमन्त्री रावलले आज सभामुखलाई पत्र पठाउँदै माघ २५ गते विश्वासको मत लिनका लागि संसद बैठक बोलाई दिन आग्रह गरेका छन्।

 

‘मुख्यमन्त्रीज्यूको पत्र आएको छ, माघ २५ गते विश्वासको मत लिनका लागि संसद बैठक बोलाइदिन आग्रह गरिएको छ’ सभामुख भीमबहादुर भण्डारीले भने। उनले त्यसका लागि तयारी सुरु भइसकेको बताए।

 

नेकपा एमाले संसदीय दलका नेता रावललले पुसको २७ गते नेकपा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद र राप्रपाका एक जना गरी २९ सांसदको बहुमत पेस गर्दै शपथ लिएका थिए। 

 

नागरिक उन्मुक्ति पार्टीका कारण मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यमा ढिलाइ भएको हो। उन्मुक्तिले जेलमा रहेको पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाईको माग गर्दै आएको छ। 

 

माघ १७ गतेको पेसीमा पनि रेशम चौधरीको मुद्धामा बहस नभएको भन्दै उन्मुक्ति रिसाएको थियो। तर आइतबार रेशम चौधरीको मुद्दाको सुनवाइ भएपछि उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत दिने भएको हो।

 

विश्वासको मत लिन नसकेकै कारण अहिलेसम्म प्रदेश सरकार विस्तार हुन सकेको छैन। मुख्यमन्त्रीले शपथ खाएका दिन नियुक्त भएका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमाले संसदीय दलकी उपनेता सन्तोष थापा शर्माले पनि शपथ लिएका थिए। 

 

उनीहरूको मन्त्रालय तोकिएको छैन। मुख्यमन्त्रीले विश्वासको मत पाएपछि प्रदेश सरकार विस्तार हुनेछ। 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्